दमाैलीमा सामूहिक बेलविवाह

  • ख-
  • ख+

दमाैली:नेवा : देय दबु गुठी ब्यासनगर समन्वय समितिकाे अायाेजनामा बुधबार र बिहिवार गरि दुई दिन दमाैलीकाे भिमसेन धर्मगुठिमा ईहि ( बेल विवाह ) कार्यक्रम शुरू भएको छ ।

बेलविवाहमा ३३ जना कन्याहरू सहभागी भएको नेवा मिसा दबुका केन्द्रीय उपाध्यक्ष याेगिता श्रेष्ठले बताइन् । पहिलो दिनमा नुन पनि नखाई गणेश पुजा गरेर श्राद्द सँगै निमपुजा गरि सगुन दिइने श्रेष्ठले बताइन् ।

यस्तै दाेस्राे दिनमा कन्यादान गरेर घर घरमा जाने र चार दिनकाे दिनमा सिंदुर दिएर , नुहाइधुवाइ पश्चात् सगुन दिएर सकिने तनहुँ नेवा खलका अध्यक्ष क्याप्टेन तारा मल्लले बताए ।

दाेस्रेा दिनमा ३३ जना कन्याहरूकाे गाेडाकाे पानि खाने चलन रहेको र त्यसाे गर्दा पवित्र हुने नेवा : देय दबु गुठी समन्वय समितिका अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी