राम सीतालाई देवघाटमा स्वागत, मन्त्री देखि सांसदसम्मको स्वागतमा लर्को

  • ख-
  • ख+

देवघाट: रामनवमीको अवसरमा बुधबार माडीको अयोध्यापुरीमा स्थापना गरिने राम,सीता, लक्ष्मण र हनुमानको मुर्ति देवघाट आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हस्तान्तरण भएको मुर्तिलाई देवघाट ल्याइएको हो ।

देवघाट पुर्याउनु अघि दासढुङ्गामा सांसदहरु कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतले स्वागत गरेका थिए ।

बाजागाजा सहित स्वागत गरिएको मुर्ति आज देवघाटमा राखिएको छ । बुधबार माडी पुर्याइने मूर्तिको बिदाई कार्यक्रम बुधबार तय गरिएको छ । चार वटा गाडीमा चार वटा मुर्ति र अन्य सवारीहरुको साथमा देवघाट ल्याइएको हो ।

देवघाटमा संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री भानुभक्त ढकाल, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ लगायत धार्मिक अगुवाले राम सीताको स्वागत गरे।

पीठाधिशहरुको उपस्थितीमा पवित्र जलले जलाभिषेख गरी माडी प्रस्थान गराइने र माडी प्रवेश गर्दा पर्शुराम कुण्डको पवित्र जलले जलाभिषेक गराई स्थापना गराइने आयोध्याधाम व्यवस्थापन समितिले जानकारी दिएको छ।

तस्बिर सौजन्य: प्रकाशचन्द्र भट्टराई/ डोलराज रानाभाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी