किसान नेता एकदेव आलेको सम्झना

  • ख-
  • ख+

दमौलीः तनहुँ मानुङमा जन्मिएका किसान नेता एकदेव आलेलाई दमौलीमा एक कार्यक्रम गरेर स्मरण गरिएको छ ।


५२ औं स्मृति दिवस तथा आलेका नाममा स्थापित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आठौं साधारण सभाका क्रममा सहभागीले आलेको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए ।


कार्यक्रममा नेकपाका केन्द्रीय एवं गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, अर्का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलगायत नेताहरुले किसान नेता आलेको योगदान स्मरण गरेको प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।

कार्यक्रममा सत्तारुढ नेकपाका दुवै घटक तथा अन्य वाम घटकका कम्युनिष्ट नेता पनि सहभागी थिए । मानुङमा जन्मिएका आलेले राणाशासनदेखि नै तानाशाही व्यवस्थाविरुद्ध संघर्ष गरेका थिए ।

उनकै स्मृतिमा व्यास ३ दुर्गा मन्दिर नजिकै प्रतिमा निर्माण गरिएको छ । सोमबार प्रतिष्ठानमा आवद्ध नेताहरुले उनको प्रतिमामा पुष्पगुच्छा अर्पण गर्दै स्मरण गरेका थिए ।

वर्षमा एक दिन सम्झने गरिए पनि आलेको नामबाट स्थापित पार्क अरु बेला भने फोहोर अव्यवस्थित रहने गरे पनि संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी