
काठमाडौं: निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली र दाहाल-नेपाल दुबै समूहले गरेको फरक फरक निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ।
आयोगको आइतबार बसेको बैठकले दुबैको दाबीको प्रमाण नपुगेको ठहर गर्दै कुनैलाई पनि आधिकारीकता नदिने निष्कर्ष निकालेको हो । दुवै समूहको प्रमाण नपुगेकाले मान्यता नदिने निर्णय भएको आयोगले जनाएको छ ।
प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।
ओली समूहले पनि केन्द्रीय सदस्य थप गरेको विवरण निर्वाचन आयोगमा पेश गरेको थियो।
दुवैले आधिकारिकता दावी गरे पछि आयोगले अा आफ्नो माग दावी पुरा गर्न दुवै पक्षलाई एक साताको समय दिएको थियो ।