सनकबहादुर प्रधानमन्त्री भए जुसुकै बेला संसद विघटन हुने दिन आउँछः केन्द्रीय सदस्य पौडेल

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद विघटनलाई संसदले सदर गरेका खण्डमा जुनसुकै बेला संसद विघटन भैरहने अवस्था आउने चेतावनी दिएका छन् ।


बहुमतमा रहँदा रहँदै जनतामा जान चुनावको मिति घोषणा गरेको प्रधानमन्त्रीले भनेको उल्लेख गर्दै उनले सर्वोच्चले संसद विघटनलाई सहि ठह¥याएमा यसले देशमा जुनसुकै बेला संसद विघटन हुन सक्ने खतरा औंल्याए ।


‘यसले सरकारको आयु दुई वर्ष मात्र हुने खतरा देखिएको छ,’ गृहजिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा सम्बोधन गर्दै उनले भने,‘भावी दिनमा कुनै सनकबहादुर प्रधानमन्त्री भए जुनसुकै बेला सरकार विघटन हुन सक्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी