
दमौली: तनहुँ सेवा समाज कतारले बन्दीपुर गाउँपालिकाका सात विपन्न परिवारलाई ब्ल्यान्केट प्रदान गरेको छ । चिसोमा न्यानो कपडाको आवश्यकता परे पनि आर्थिक अभावमा समस्यामा परेका सात परिवारलाई ब्ल्यान्केट वितरण गरेको छ ।
बन्दीपुर गाउँपालिकामार्फत हरेक वडाबाट एक परिवारलाई ब्ल्यांकेट वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदी तथा समाज पदाधिकारीहरुको उपस्थितीमा सहयोग वितरण गरेका हुन् ।

गाउँपालिकाका अधिकारी ऋषि ढुंगानाका अनुसार समाजले आर्थिक समस्याका कारण समस्या भोगेका परिवारलाई छनौट गरिदिन अनुरोध गरे पछि गाउँपालिकाले वडामार्फत छनौट गरेरस सहयोग वितरण गरिएको हो ।