वडाको विरोधमा तनहुँमा हाई प्रोफाईल कांग्रेस नेताको सम्बोधन

  • ख-
  • ख+

दमौली: प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशका सबै वडामा विरोध सभा गर्दैछ ।

यसक्रममा तनहुँका ८५ वटै वडामा प्रदर्शन गरिने कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले जानकारी दिए ।

यसपाली वडाको कार्यक्रम भए पनि तनहुँका हाई प्रोफाइल नेताले सभालाई सम्बोधन गर्दैछन् ।

पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीले व्यास १, अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले व्यास११, अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्ला ८ तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले व्यास ६ मा हुने सभालाई सम्बोधन गर्नेछन् ।

केन्द्रीय सदस्य भण्डारी बाहेक अन्य सबैले आफ्नो वडा तथा क्षेत्रमा सम्बोधन गर्न लागेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी