नेपाली काँग्रेसकाे बन्दीपुरमा विराेध सभा

  • ख-
  • ख+

बन्दीपुर: प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध नेपाली काँगे्रस बन्दीपुर समितिले विरोध सभा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले प्रधानमन्त्री केपि शर्मा ओली सरकारको असंबैधानिक, अलोकतान्त्रिक काममा राष्ट्रपति साक्षी बसेको भन्दै यसले संविधान उल्लंघन गरेको जिकिर गरे ।

विशेष अतिथि जिल्ला कोषाध्यक्ष रेशम गुरुङले कम्युनिस्ट सर्वसत्तावादले प्रतिनिधिसभा विघटनले राजनीतिक संबैधानिक वृत्तमा र देशमा जटिल अवस्था सृजना भएकाे बताए ।

गाउँ सभापति कर्णबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व जिल्ला उप–सभापति धु्रवलाल प्रधान, प्रदेश संयोजक राजेन्द्र पिया, नेवि संघका केन्द्रिय कोषध्यक्ष शिव रिमाल, स्थानीय नेताहरु प्रेम बानिया, रामकृष्ण् वि.क., लिला गिरी, ऋशीराम भट्टराई, सुभास अधिकारी, कुलबहादुर अधिकारी, बैंशबहादुर गुरुङ मंगल गुरुङ लगायतले प्रधानमन्त्रीको कदम सच्याउनुपर्ने माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी