तनहुँका १० वटै तहमा कांग्रेसको विरोध सभा

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले तनहुँका १० वटै स्थानीय तहमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । देशव्यापी विरोध कार्यक्रमअन्र्तगत शनिबार सबै तहमा विरोध कार्यक्रम तय भएका थिए ।


यसै क्रममा तनहुँको दमौलीसहित जिल्लाका १० वटै स्थानीय तहमा विरोध सभा भएका छन् ।
व्यासनगरस्तरीय विरोध सभा भएको दमौलीमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गरेका थिए । यसैगरी भिमादको किहुँमा भएको सभालाई कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले सम्बोधन गरे ।


भानु नगरपालिकामा पार्टी सभापति बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकामा कार्यवाहक जिल्ला सभापति, जीतप्रकाश आले, म्याग्दे गाउँपालिकामा संविधान सभा सदस्य रामचन्द्र पोखरेल, आँबुखैरेनी गाउँपालिकामा पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, बन्दीपुर गाउँपालिकामा महासमिति सदस्य रामचन्द्र अधिकारी, घिरिङ गाउँपालिकामा क्षेत्रीय सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठ तथा ऋषिङ गाउँपालिकामा कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आले मुख्य वक्ता थिए ।


देवघाट गाउँपालिकामा भने तरुण दलका पूर्व केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ मुख्य वक्ता तोकिएका थिए ।


कार्यकर्ताको बाक्लो उपस्थिती
विगतमा प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रमा सभा गरिएपछि स्थानीय तहस्तरमा विरोध कार्यक्रम भएको थियो । तर कार्यक्रममा पनि उत्साहजनक सहभागीता पाइएको पार्टी कार्यवाहक सभापति जीतप्रकाश आलेले बताए ।

‘सबैतिर उत्साहजनक सहभागीता पाइयो,’ उनले भने,‘सरकारका कामप्रति जनता खुशी छैनन् भन्ने यसले प्रमाणित गरेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्