दमौलीमा कांग्रेसको विरोध सभाः चुनाव पनि नहुने र संसद पुनस्र्थापना पनि नहुने खतरा ः केन्द्रीय सदस्य भट्टराई

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संसद पुनस्र्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्थामा देश जान सक्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस व्यास नगर समितिले दमौली खुला मैदानमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले त्यस्तो अवस्था आउन नदिन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । ‘देशमा संवैधानिक संकट आउन लागेको छ,’ उनले भने,‘कांग्रेसले त्यो हुनबाट मूलुकलाई बचाउनुपर्छ ।’


‘अरुको पछि कांग्रेस लाग्दैन’
उनले कांग्रेसले विधि र पद्धती मान्ने भन्दै अरु कसैले के ग¥यो भनेर बस्न नहुने बताए । नेकपाको प्रचण्ड–नेपाल समूहले समेत चुनाव भएमा नजाने भनेर नभनेको अवस्थामा कांग्रेसले हतार गर्नु नहुने बताए ।


‘अहिलेको विवाद सर्वोच्चमा पुगेको छ,’ उनले भने,‘हामी सर्वोच्चको निर्णय मान्छौं भनेर बसेका छौं । अरु को कता लागे भनेर पछि लागेर साध्य हुँदैन ।’


कांग्रेसले प्रधानमन्त्रीको कदमको विरोध गरेर सडकमा गएको भन्दै उनले तर भावी दिनमा देश कता जान्छ भन्ने सोचेर मात्र निर्णय हुन्ुपर्ने बताए । ‘पहिले राजाको कदममा पनि देश खतरामा पुगेको निष्कर्षपछि कांग्रेसले अडान लिएको थियो,’ उनले भने,‘अहिले पनि हाम्रो बैठक जारी छ । उनले भने बैठकले आवश्यक निर्णय गर्छ ।’

नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव विश्व बाँस्तोला, महासमिति सदस्य मीरा जोशी, गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ, नेविसंघ महामन्त्री दीपक भट्टराई, जिल्ला सदस्य अशोक श्रेष्ठ, राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, नेता समुन्द्र गोदार, महिला संघ सभापति पवित्रा पौडेल, नेविसंघ पूर्व सह महामन्त्री लक्ष्मीभक्त खनाल, दलित संघ व्यास नगर सभापति होम रसाईली, महिला संघ नगर सभापति इन्दिरा दरै, नगर सचिव मोहनकुमार श्रेष्ठ, चुडामणि दाहाल, सह सचिव डम्बर अधिकारी, व्यास १ सभापति मणिजंग बस्नेत, व्यास ४ सचिव सरोज भण्डारीलगायत झण्डै एक दर्जन नेताले सम्बोधन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्