बन्दीपुरको गाउँ सभाबाट ४ विधेयक पारित

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाको आठौं गाउँ सभाले चार विभिन्न विधेयक पारित गरेको छ ।
बुधबार गाउँपालिका भवनमा अध्यक्ष पूर्णसिं थापाको अध्यक्षतामा सम्पन्न सभाले संसोधित विनियोजन विधेयक, कृषि व्यवसाय प्रवर्धन विधेयक, बालबालिकाको अधिकार तथा सुशासन सम्बन्धी विधेयक पारित गरेको छ ।
१० योजना संसोधन
यसैगरी, वडामा कार्यान्वयन गर्न नसकिएका र साना प्रकृतिका १० योजना मर्ज तथा संसोधन गरिएको छ ।


वर्षे अधिवेशनले पारित गरे पनि कार्यान्वयनमा जान नसकेका योजनाहरु संसोधन गर्ने निर्णय सभाले गरे पनि मूलतः कानून निर्माणमा केन्द्रीत भएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।


सभाको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी