संघ र प्रदेशमा जित्नेले पक्षपात गरेः भण्डारी

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले प्रदेश र संघमा जितेका दलले आस्थागत आधारमा विकासमा पक्षपात गरेको आरोप लगाएका छन् । नेपाल तरुण दल म्याग्देले आयोजना गरेको भेटघाट एवं अन्तक्रिया कार्यक्रममा उनले कांग्रेसले जितेका ठाउँमा त्यस्तो विभेद नभएको दाबी गरे ।


म्याग्देमा कांग्रेसमा जितेकाले विकासमा विभेद नभए पनि नेकपाले जितेका प्रदेश र संघका प्रतिनिधिले म्याग्देमा बजेट दिंदा विभेद गरेको आरोप उनले लगाए ।
गाउँ गाउँमा बाटोघाटो देखि बत्ती, पानी, स्कुल, स्वास्थ्यचौकी, सञ्चार सबै विगतका कांग्रेसको नेतृत्वले गरेको भए पनि कम्युनिष्ट नेतृत्वले अरुले गरेको कामलाई आफूले गरेको भन्दै अपनत्व लिन खोज्दा आश्चर्यमा परेको उनले बताए ।

कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष एवं काङ्ग्रेस महाधिवेशन प्रतिनिधि मायादेवी रानाले पार्टीको सिर उचो हुनेगरी आँफुले म्याग्देमा काम गरिरहेको बताइन ।

नेविसंघका जिल्ला अध्यक्ष एवं पार्टी महाधिवेशन प्रतिनिधि चुडामणि खनालले प्रधानमन्त्रीले स्वागत गरेको भारतीय पत्रकारले सगरमाथामा गएर सगरमाथा भारतको हो भनेको भन्दै आश्चर्य प्रकट गरे ।


राष्ट्रि«य मगर संघका केन्द्रीय सहसचिव जितराज रानाले पुनः कांग्रेस प्रवेश अभियान अब गाउँ गाउँमा पुग्ने बताए । संघीय मामिला बिभागका केन्द्रीय सदस्य हुतमणि अधिकारीले कांग्रेस पार्टी सिद्धान्त तथा विधि विधानको आधारमा चल्नुपर्ने बताए । कार्यक्रममा हरिभक्त सुवेदी, सुन्दरमणि अधिकारी, गौरवराज राना, नर्सिङ राना, हिरा गुरूङ, भक्त श्रेष्ठ, मणि थापा, रामबहादुर अधिकारी, मिनबहादुर गुरूङ, सुवोध वाग्ले लगायतले बोलेको कार्यक्रम अध्यक्षता रमेश अधिकारीको अध्यक्षतामा भएको थियो ।
३० कांग्रेस प्रवेश
कार्यक्रममा नेकपा परित्याग गरि ३० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले टीका तथा खादा लगाइ स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी