पुरातात्त्विक सम्पदाको महत्त्व सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

दमौली: पुरातात्त्विक सम्पदाहरू लाई पर्यटकीय गन्तब्यकाे रूपमा बिकास गर्न हातेमालो गराैँ भन्ने मुल ध्येयका साथ पुरातात्त्विक सम्पदाको महत्त्व सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुक्रबार दमाैलीकाे टास्क भिलेजमा सम्पन्न भएको छ । पुरातात्त्विक अधिकृत मञ्जु सिँह भण्डारीकाे सहभागीता एवं उनिबाट गरिएको मुख्य अभिमुखिकरण कार्यक्रममा ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपाने, भानु नगरपालिकाका मेयर उदयराज गाैली , संबिधानसभा सदस्य रामचन्द्र पाेख्रेल , ब्यासनगर पालीकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल ,उर्जा तथा बाताबरण अध्यक्ष कृष्णचन्द्र सुवेदी , पर्यटन बिद हरिसिँह गुरूङ , अादिकवि भानुभक्त क्याम्पस दमाैलीका प्रमुख महाप्रसाद हड्खले , तनहुँसुर दमाैली सम्पर्क समाजका अध्यक्ष बिर्खराज श्रेष्ठ , एनजीओ नेटवर्कका अध्यक्ष प्रताप सिंह गुरूङ लगायतको उपस्थिति रहेको थियो । साे कार्यक्रममा पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले तनहुँसुरकाे एतिहासिक महत्त्वकाे बारेमा प्रकाश पार्दै हालसम्म बिभाग ले गरेको कामको बारेमा अवगत गराएकि थिइन । पुरानो इतिहास बाेकेका सबै चिज नस्ट नगरी संरक्षण गर्नुपर्ने भएको हुँदा बिभाग त्यसैमा लागिपरेको भण्डारी काे भनाइ थियो । यस्तै ब्या नगरका मेयर बैकुण्ठ न्याैपानेले तनहुँसुरकाे बिकास का लागि नगरपालिका लागिपरेको हुँदा त्यहाँ बाट बसाइ सरेर अन्यत्र गएका मानिस हरू पनि पुन फर्केर अाफ्नै ठाउँको बिकास मा लाग्नुपर्ने बताए । ‘हामीले बाटो पिचको काम सुरुवात गरिसकेका छाैँ , बस्ती उजाड छ , कमसेकम त्यहाँका स्थानीय मानिस हरू गएर घर बनाएर बस्न सुरुवात त गर्नुस’ तनहुँसुरे तर्फ लक्षित गर्दै न्याैपानेले भनेका थिए । ब्यास नगरपालिकाकाे संयाेजन , पुरातत्त्व बिभागकाे सहयोग तथा उर्जा तथा बाताबरण नेपालकाे अायाेजनामा भएको उक्त कार्यक्रमकाे सन्चालन ब्यास नगरपालिकाका अधिकृत बिमल गिरिले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी