
बन्दीपुर : बन्दीपुर गाउँपालिका १ डुम्रे बसपार्कबाट एक युवा लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका( ६ मुलपानी निवासी २२ वर्षका उमेश खड्का छन् ।
चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजेपाम, नुरफिन र फेनारगन २० । २० थान गरी जम्मा ६० थान लागूऔषध बरामद भएकाले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।