देवघाटः तनहुँको पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको मेला नलाग्ने भएको छ ।
आईतबार परेको चाडका क्रममा शनिबार साँझदेखि लाग्ने मेलामा श्रद्धालुको भीड हुने भन्दै नआउनका लागि देवघाट क्षेत्र विकास समितिले आह्वान गरेको छ ।
एक सूचना नै निकालेर समितिले मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्ने भन्दै कोरोना जोखिम झनै बढ्नसक्ने भनेको छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले विज्ञप्तिमार्फत जोखिम कम गर्न पर्व पनि घरमै बसी मनाउन आग्रह गरे ।
बालाचतुर्दशीमा देवघाटमा सतबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
समितिका अध्यक्ष शिवराज पौडेलले बढी उमेरका वृद्धवृद्धामा जोखिम झनै बढी रहेको भन्दै त्यसकारण सूचना जारी गरिएको बताए ।