राजसंस्था र हिन्दू राज्यका पक्षमा शुक्रबार दमौलीमा मोटर साईकल ¥याली

  • ख-
  • ख+

दमौलीः देशैभर राजसंस्था र हिन्दू राज्यका पक्षमा भैरहेका प्रदर्शनको शिलशिला तनहुँमा पनि चल्ने भएको छ । राजसंस्था तथा हिन्दू राज्यका पक्षधर युवाहरुको एक समूह राष्ट्रवादी अभियान तनहुँले दमौलीमा शुक्रबार मोटरसाईकल ¥याली गर्दै प्रदर्शन गर्न लागेको हो ।


दमौलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानले सबै दल र विचारधारामा आवद्ध तथा स्वतन्त्र युवाहरुको सहभागीतामा जिल्लाभरबाट प्रदर्शन गर्ने तयारी भएको जानकारी दिएको हो ।
अभियानका सल्लाहकार उज्वल भट्टराईले देशमा पहिलेभन्दा अराजकता बढेको भन्दै कम्युनिष्ट सरकारमा यो झनै उच्च रहेको दाबी गरे ।

उनले राजसंस्थालाई पुर्नस्थापित गर्ने पक्षमा युवा रहेको भन्दै भोलि आउने पिढींलाई राम्रो होस् भनेर आफूहरुले आन्दोलनमार्फत राजसंस्था पुनस्र्थापनामा लाग्न लागेको बताए । ‘अहिलेको अवस्थाको अन्त्यका लागि प्रजातान्त्रिक राजसंस्थाको आवश्यकता छ,’ उनले भने,‘देशैभर देखिएका युवाको प्रतिनिधिमूलक आन्दोलनमा हामीले पनि ऐक्यबद्धता जनाएका छौं ।’ उनले आफूहरुलाई कसैले पैसा नदिएको भन्दै आ आफ्नै खर्चमा आन्दोलन गर्न लागेको दाबी गरे ।


शुक्रबार तनहुँका विभिन्न सहरबाट दुई सय बढी मोटरसाईकलमा युवा आएर प्रदर्शन गर्ने आयोजकको भनाई छ । आफैं स्वतःस्फूर्त रुपमा नै आन्दोलन गर्न लागेको अभियानका संयोजक मोहम्मद सफिक मियाँले बताए ।


दमौली अनशन चौताराबाट शुरु गर्ने ¥याली बजारका विभिन्न भाग भादगाउँ हुँदै फेरि अनशन चौतारीमै आएर सभामा परिणत गर्ने आयोजकको भनाई छ ।
अभियानका अर्का सल्लाहकार राजेन्द्र अधिकारीले व्यक्ति भन्दा भन्दा देशको मायाले युवाले थालेको स्वतस्फूर्त आन्दोलनमा साथ दिएको बताए ।


अर्का सल्लाहकार विनोद घर्तीले आफूहरु पनि पहिल्यैदेखि राजसंस्था र हिन्दु राज्यका पक्षमा रहेको भन्दै अहिलेको अवस्थामा देशमा भ्रष्टाचार झनै बढेको, गणतन्त्र र संघीयता असफल भएकाले आन्दोलनमार्फत राजसंस्था र सनातन धर्मसहितको राज्य पुनस्र्थापनाको आन्दोलनमा उत्रिएको बताए ।

कार्यक्रममा सल्लाहकार गौमाया श्रेष्ठ, विजयकुमार शाही, सन्तोष अधिकारीलगायतले आन्दोलनका पक्षमा ऐक्यबद्धता जनाएका थिए । दमौलीबाट शुरु गर्न लागेको अभियानमा जिल्लाभरबाट समर्थन मिलेकाले जिल्लास्तरीय विरोध कार्यक्रम गर्न लागेको एक सदस्य सञ्जय लामाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी