खुट्टा काटिएका व्यक्तिलाई बन्दीपुरमा ह्विलचियर हस्तान्तरण

  • ख-
  • ख+

बन्दीपुरः नेपाल रेडक्रस सोसाइटी तनहुँले एउटा खुट्टा नभएका व्यक्तिलाई बन्दीपुर ३ शेरामा ह्विलचियर हस्तान्तरण गरेको छ ।

बिरामीका कारण एउटा खुट्टा काटिएका खेमबहादुर कुँवरको घरमै पुगी रेडक्रस सोसाइटी तनहुँका कोषाध्यक्ष हरिशरण पण्डितले ह्विलचियर हस्तान्तरण गरे । उनले रेडक्रसले मानविय सेवामा जोड दिने गरेको भन्दै ह्विलचियरले जीवन सहजीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


सभापति रेडक्रस केशवटार सभापति कुलबहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बन्दीपुर ३ का वडा अध्यक्ष हस्तबहादुर जिसी, सोसाइटीका जिल्ला सह–कोषाध्यक्ष शुकुमलाल गुरुङ, नेपाली कांग्रेसका जिल्ला आमन्त्रित सदस्य सुरेश भट्टराई, कांग्रेस वडा संयोजक पदमबहादुर गुरुङ, सह–संयोजक डिलाराम गिरी, बीपी विचार समाजका जिल्ला सदस्य कृष्ण भट्टराई, रेडक्रस सोसाइटीका जिल्ला सदस्य परमेश्वर भट्टराई, बाबुराम जिसीलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्