प्रधानमन्त्री रोजगार कार्यक्रमबाट मुकुन्देश्वरी रामकोट साईकल लेन निर्माण थालनी

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत मुकुन्देश्वरी रामकोट साईकल लेन निर्माण थालेको छ ।
लेनको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले उद्घघाटन गरे । प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको उपस्थितीमा रोजगार संयोजक, प्राविधिक लगायतको उपस्थितिमा लेनको काम थालिएको हो ।


यसका लागि कार्यक्रममार्फत काम गर्न निवेदन दिएका १५ जना अति विपन्न श्रमिकहरुले कुल ५८५ दिन रोजगार प्राप्त गर्ने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए । लेनको विभन्न स्थानहरुमा साईकल पार्क,पोखरी तथा विश्राम स्थल समेत निर्माण गरिने पनि उनले जानकारी दिए ।


गाउँपालिकामा हालसम्म कार्यक्रमका लागि वडा नं १ देखी ६ सम्म क्रमशः २९ जना, ५६ जना, ८० जना, १४ जना, ६१ जना र १२० जना लागि ३६० जना सुचिकृत भएका छन् । सुचिकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अति विपन्न श्रमिकहरुलाइ गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रम अन्तरगतका आयोजनाहरुमा परिचालन गरि रोजगारी प्रदान गर्ने जनाएको छ ।


गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट ६८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको बताइएको छ गाउँपालिकाको आ.व २०७७।७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा परेका सामुदायिक पुर्वाधार निर्माण र गाउँ प्रमुखसँग रोजगार कार्यक्रम अन्तरगतका योजनाहरुसँग लेवर वेज सेयरिङ्ग (ज्यालामा साझेदार) गरि कार्यक्रम कार्यन्वयन गरिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्