दमौलीमा राजतन्त्र पक्षधर युवाको भेला

  • ख-
  • ख+

दमौलीः दमौलीमा राजतन्त्रका पक्षमा कार्यक्रम गर्नका लागि राजतन्त्र पक्षधर युवाको भेला भएको छ । शनिबार झण्डै ५० को संख्यामा युवा भेलामा सहभागी भएका थिए ।


दमौली अनशन चौतारीमा भएको भेलामा सहभागीले दमौलीमा मंसीर २६ गते शुक्रबारका लागि तय राजतन्त्र र हिन्दू राज्य पक्षधर भेलाको तयारीका लागि छलफल गरेका हुन । यसका लागि यस अघि नै बिहिबार भएको भेलाबाट मोहम्मद सफिक मियाँको नेतृत्वमा समिति गठन गरिसकिएको छ ।


भेलामा विभिन्न उप समिति तथा जिम्मेवारी बाँडफाँट भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए । भेलामा सहभागी राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय सदस्य उज्वल भट्टराईले बाक्लो सहभागीताका बीच कार्यक्रम गर्ने तयारी गरिएको जानकारी दिए । उनले कुनै पनि दलीय आस्था भन्दा फरक सबैको सहभागीतामा भेला हुने बताए ।


भेलामा सहभागी अधिकांश युवा थिए । पोखरामा बाक्लो उपस्थितीमा राजतन्त्र पक्षधर भेला भएकामा शनिबार नेपालगञ्जमा पनि त्यस्तै भेला भएको छ । यसै सन्दर्भमा दमौलीमा पनि भेलाको तयारी भएको युवाहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी