गाईसँग जन्मदिन

  • ख-
  • ख+

दमौली: एलायन्स क्लब अफ तनहुँकी अध्यक्ष जमुना जोशीले गाईसँग जन्मदिन मनाएकी छन् । आफ्नो जन्मदिनका अवसरमा उनले व्यास नगरपालिका–१० दुम्सीस्थित गौमाता संरक्षण केन्द्रका गाईलाई शनिबार दाना खुवाइन् ।


केन्द्रमा त्यसै छाडिएका गाईलाई संरक्षण गरिंदै आएको छ । जोशीले जन्मदिनमा हुने फजुल खर्च कम गर्न गौशंरक्षण केन्द्रमा जन्मदिन मनाएको बताइन् ।उनले गाईलाई ४ बोरा दाना र एक बोरा नुन बोकेर क्लबका पदाधिकारीसहित केन्द्र पुगेकी थिइन् ।


फजुल खर्च गर्नु भन्दा गाईलाई दाना खुवाउन उचित लागेर आफ्नो छोराको जन्मदिन केन्द्रमा गएर मनाएको लोक तथा दोहोरी गायक रमाकान्त ढुङ्गानाले बताए ।

धेरै गाई भएकोले पाल्नको लागि कठिन भए पनि जन्मदिन मनाउन आउनेहरुले दाना खुवाउँदा केही राहत मिलेको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले बताए । वार्षिक रुपमा २० लाख रुपैयाँसम्म खर्च आउने उनले बताए । केन्द्रमा हाल ४५ वटा गाई छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी