बन्दीपुर केबलकारलाई दुई बैंकले १ अर्ब लगानी गर्ने

  • ख-
  • ख+

१० वर्षमा १० हजार रोजगारी श्रृजना गर्ने कम्पनीको दाबी
बन्दीपुर:
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधिन बन्दीपुर केबलकारका लागि एक अर्ब पाँच करोड बढी लगानी जुटेको छ । केबलकारसहितका परियोजनाका लागि नेपाल एसबिआई बैंक लिमिटेडको नेतृत्वमा एनएमबी बैंकसमेतको समूहले यससम्बन्धी लगानी सम्झौता गरेका छन् ।

बन्दीपुर केबलकार प्रालिले केबलकार तथा अन्य संरचनाका लागि एक अर्ब ६६ करोड लागत अनुमान गरेको छ । यसअन्र्तगत पहिलो चरणमा ७० करोड लगानीका लागि सहमति जुटेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । बाँकी रकम पनि दुवै बैंकले दोश्रो चरणमा लगानी गर्नेछन् ।

हालै आयोजित ऋण सम्झौता कार्यक्रम


लगानीसँगै कम्पनीले केबलकारसहित रेष्टुरेन्ट र मनोरञ्जनका अन्य संरचना पनि तयार पार्ने लक्ष्य राखेको शर्माले जानकारी दिए । परियोजना अन्र्तगत केबलकारबाट सिधै चार तारे होटेलमा प्रवेशको अवसर दिइएको छ । कम्पनीका अनुसार जहाँबाट सुर्योदय, सीस महल, वाक्स म्युजियम, प्लानेटरियम, भुत बंगला तथा भ्युज रुमसँगै एक हजार सहभागी अट्ने क्षमताको सम्मेलन केन्द्र, स्विमिङ्ग पुल र ६६ कोठाको होटेल पनि निर्माण हुनेछ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विंग, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ ।
ती बैंकले यसका अलावा होटल सहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरि थप ३५ करोड रुपैया कर्जा सुनिश्चिता गरेको प्रालिलिे जनाएको छ ।


परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लि. र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१ दशमल ५ प्रतिशत, पन्चासे केबलकार एण्ड टुर्स लिमिटेडले २५ दशमलब ५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ दशमलब ५ प्रतिशत लगानी हुनेछ ।


हाल बन्दीपुर गाउँपालिकामा केबलकारको संरचनाको काम भैरहेको छ । १० वर्षमा १० हजार रोजगारी दिने गरी काम गर्ने घोषणा शर्माले गरे ।


ऋण सम्झौता कार्यक्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिङ्ग थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तब्य बनाउनको लागि परियोजनाले निर्णायक भूमिका खेल्ने बिश्वास व्यक्त गर्दै भने,‘परियोजनाका लागि आवश्यक सघाउन गाउँपालिका तयार छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्