पूर्व मन्त्रीको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ । बिहिबार बिहान निधन भएका पूर्व भूमिसुधार तथा यातायात मन्त्री भीमप्रसाद गौतमको निधनले गाउँपालिका मर्माहत भएको भन्दै शुक्रबार शोकमा एक दिन गाउँपालिकामा सार्वजनिक बिदाको निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदीद्वारा जारी सूचनामा उल्लेख छ ।

गाउँपालिकाले पछि अनुमोदन हुने गरी शुक्रबारका लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका भित्रका सबै शैक्षिक संस्था र गाउँपालिका मातहतका कार्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।


किसान आन्दोलनका नेतृत्वकर्ता, संविधान सभा सदस्य तथा जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष गौतम गाउँपालिकाका सबैको अभिभावक भएको गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्