रहेनन् पूर्व मन्त्री गौतम

  • ख-
  • ख+

दमौली : समाजवादी जनता पार्टीका नेता एवं पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भिमप्रसाद गौतमको निधन भएको छ।चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर फर्केका गौतमको विहीबार बिहान बन्दीपुर १ पिप्लेस्थित निवासमै ज्यान गएको हो ।

समाजवादी जनता पार्टीका केन्द्रीय सल्लाहकार उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्री थिए ।तत्कालीन जनमोर्चा बाट राजनैतिक जीवन आरम्भ गरेका उनी उपाध्यक्ष सम्म भएका थिए ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा माओवादीमा भएको एकता पछि उनी माओवादीबाट मन्त्री भएका थिए ।पछिल्लो समय नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीका नेता उनको राजनैतिक सक्रियता घटे पनि स्थानीयस्तरका विकास निर्माणमा भने उनी सक्रिय रहँदै आएका थिए ।

उनको पारिवारिक परम्परा अनुसार देवघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले एक जना अभिभावक गुमाएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक देवेन्द्र थापाले पार्टीले जिल्ला र क्षेत्रमा अभिभावक गुमाएको प्रतिक्रिया दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी