शनिबार दिनभरको तनहुँको कोरोना रिपोर्टः प्रहरीसहित ११ संक्रमित

  • ख-
  • ख+

दमौलीः एक प्रहरीसहित तनहुँमा ११ जना कोरोना संक्रमित भेटिएका छन् । भानु नगरपालिकामा कार्यरत एक प्रहरीमा संक्रमण भेटिएको हो ।

यसैगरी व्यास नगरपालिकामा पाँच जनामा नयाँ संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास २ कि छ वर्षीया बालिका र ३७ वर्षीया महिला, व्यास २ कै ६० वर्षीया वृद्धा, व्यास ४ का २६ वर्षका पुरुष र व्यास ९ का ६२ वर्षका वृद्धमा संक्रमण भेटिएको हो ।

यसैगरी भानुका अर्का एक पुरुष तथा ऋषिङ १ का तीन पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


यस अघि तनहुँको आँबुखैरेनीमा एकसहित गण्डकी प्रदेशमा २० नयाँ कोरोना संक्रमित भेटिएका थिए । आँबुखैरेनी ३ का एक २९ वर्षका पुरुषमा संक्रमण देखिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी