संक्रमितको संख्या १ लाख ५५ हजार नाघ्यो

  • ख-
  • ख+


काठमाडौं:आज थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उक्त संक्रमितको संख्या थपिएको जनाएको छ । 

आज सहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी