तनहुँमा थपिए १० संक्रमित, व्यासमा नगर कर्मचारीसहित ५ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँमा शुक्रबार १० जनामा कोभिड संक्रमण भेटिएको छ ।


व्यास नगरपालिकामा मात्र पाँच जनामा संक्रमण भेटिएको छ । संक्रमितमध्ये व्यास ३ का ३८ वर्षका पुरुष सनराईज बैंक लिमिटेड दमौली शाखामा कार्यरत रहेको निर्देशनालयको विज्ञप्तिमा छ । व्यास ३ कै ३९ वर्षका पुरुष भने नगरपालिकाका कर्मचारी रहेको जनाइएको छ ।


भीमाद र शुक्लागण्डकी नगरपालिकामा दुई दुई तथा देवघाट गाउँपालिकामा एक जनामा संक्रमण पाइएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्