कोरोना संक्रमणः एकै दिन थपिए ४४९९

  • ख-
  • ख+

काठमाडौं: शुक्रबार देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन्।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।

जसमध्ये ८२९ जनाको केरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी