
दमौलीः व्यास नगरपालिकाका एक सहित तनहुँमा तीन कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा व्यास र शुक्लागण्डकी नगरपालिकाका ठेगाना नखुलेका एक । एक पुरुषसँगै भीमादकी ७८ वर्षिया वृद्धामा थप संक्रमण भेटिएको उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षणका लागि गएका उनीहरुमा संक्रमण भेटिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।