दमौली: अवैध रुपमा प्राकृतिक श्रोत साधन ओसारपसारमा संलग्न आठ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिएको छ । जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न सवारीसाधनलाई नियन्त्रण लिएर कारवाहिको लागि सम्बन्धित पालिकामा पठाइएको हो ।
सम्बन्धित सवारी साधनहरुबाट रु.एक लाख ३६ हजार जरिवाना गरी छाडिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरले जानकारी दिए ।
उनका अनुसार जेठ २८ देखि असार १ गतेसम्म जिल्ला मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधानलाई नियन्त्रणमा लिएर कारबाहीका लागि संम्बन्धित पालिकामा पठाउन सहयोग गरेको हो ।





