बेलायतमा पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : बेलायत सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

प्रधानमन्त्री केयर स्टार्मरले आउने क्रिसमस अगाडि उक्त कानुनलाई पारित गरी सन् २०२७ देखि लागू गर्ने तयारी रहेको बिबिसीलाई बताएका छन्।

बालबच्चाहरू सामाजिक सञ्जालका कारण खुसी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजाइन लत लाग्ने खालको भएको उनको भनाइ छ।

प्रतिबन्ध लगाएसँगै बालबच्चासँग धेरै समय, सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने उनले बताए।

‘सबै अभिभावक यही चाहन्छन्। उनीहरू आफ्ना छोराछोरीको भविष्य बेलायतमा अझ उज्यालो होस् र समान तथा न्यायपूर्ण अवसर प्राप्त गरून् भन्ने विश्वास गर्न चाहन्छन्,’ उनले भने।

सरकारले बालबच्चाको सुरक्षा र खुशीको मामिलामा कुनै सम्झौता गर्ने पक्षमा नरहेको पनि बताएका छन्।

 

यसअघि अस्ट्रेलिया सरकारले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको थियो। अस्ट्रेलिया सरकारकै सिकाइबाट आफूहरूले पनि यसको सुरूवात गरेको प्रधानमन्त्री स्टार्मरले पत्रकारहरूलाई बताएका छन्।

यो प्रतिबन्ध लागू भएसँगै स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक र एक्स १६ वर्ष मुनिका बालबालिकाहरूले चलाउन पाउने छैनन्।

त्यस्तै मेसेजिङ एप ह्वाट्सएप र सिग्नललाई भने प्रतिबन्ध नलगाउने बिबिसीले समाचारमा उल्लेख गरेको छ। रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्