कमलाबारीमा ट्रक दुर्घटना हुँदा, चालक र सहचालक घाइते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित पृथ्वीराजमार्ग सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ५ः१५ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ९२४३ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक चालक बारा जिल्लाको निजगढ नगरपालिका–९ निवासी २८ वर्षीय यमकुमार नेपाली र सहचालक सोही स्थानका २४ वर्षीय सुजन परियार घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको छ। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र उठाउने कार्य भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी