११ तहको भन्सार दर ७ तहमा सीमित

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ :  अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।

उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्