सूर्यवंशीको शानदार ब्याटिङमा राजस्थानको प्लेअफ सम्भावना कायमै

दमौली न्युज
  • ख-
  • ख+

युवा ब्याटर वैभव सूर्यवंशीको शानदार ब्याटिङमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै आईपीएल प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।

२२१ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि सूर्यवंशीले ३८ बलमा १० छक्का प्रहार गर्दै ९३ रनको विस्फोटक इनिङ्स खेले । ध्रुव जुरेलले अविजित ५३ रन बनाएर खेल फिनिस गरे ।

राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । लखनउका लागि आकाश सिंह र मोहसिन खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउका लागि मिचेल मार्शले ९६ र जोश इङ्लिसले ६० रन बनाएपछि टोलीले २२०-५ को बलियो स्कोर बनाएको थियो ।

राजस्थानका लागि यश राज पुन्जाले २ विकेट लिँदा जोफ्रा आर्चरले १ विकेट लिए ।

यो जितसँगै राजस्थान १३ खेलमा १४ अंक जोडेर शीर्ष ४ भित्र प्रवेश गरेको छ र प्लेअफ दौडमा जीवित रहेको छ । राजस्थानले अब आफ्नो अन्तिम खेल जितेर चेन्नई गुजरातसँग पराजित भएमा प्लेअफमा स्थान पक्का हुनेछ ।

लखनउ भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्