
काठमाडौं ः देशमा ३ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १५ हजार २५५ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ५५२ सहित देशभर ३ हजार ६३७ जनामा कोरोना संक्रमण पाइएको छ ।
योसहित अहिलेसम्म १ लाख ४८ हजार ५०९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार २८३ भक्तपुरमा ११२ र ललितपुमार १५७ गरी काठमाडौं उपत्यकामा जम्मा १ हजार ५५२ जनामा कोरोना पुष्टि भएको हो ।
थप ३ हजार २१५ जना कोरोनामुक्त भएर घर फर्केका छन् । यसरी कोरोनामुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।