
दमौलीः व्यास १४ का दुई दिनका नाबालकमा पनि कोरोना भेटिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मिएका ती बालकमा ज्वरो देखिए पछि गरिएको पीसीआर परीक्षणको बिहिबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उनको अस्पतालको आईसोलेसनमै उपचार भैरहेको बताइएको छ ।