
गण्डकीमा ज्यान जाने संक्रमित ५९ पुगे
दमौलीः उपचारका लागि जाने क्रममा पोखराका एक कोरोना संक्रमितको बाटामै ज्यान गएको छ ।
होम आईसोलेसनमा बसेका पोखरा १२ निवासी ६७ वर्षिय संक्रमितको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने क्रममा बाटामै ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९ पुगेको निर्देशनालयले जनाएको छ ।