
दमौलीः व्यास १ मा कोरोना संक्रमणका कारण एक वृद्धाको ज्यान गएको छ ।
श्वासप्रस्वासको उपचारका लागि तीन दिन अघि पोखरा गएकी करिब ६५ वर्षिया ती वृद्धाको राती गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको थियो । निधन पछि डाक्टरले उनमा कोभिड संक्रमण पुष्टि गरेका थिए ।
मृतकका आफन्तले आफन्तको मृत्यु भएको र पीसीआर रिपोर्ट पोजिटिभ आएको चिकित्सकले बताएको जानकारी दिए ।
व्यास १ का वडाध्यक्ष खरसिं दरैले पनि पारिवारिक श्रोतबाट मृत्युको जानकारी आएको बताए ।