बालेन शाहसँग बिग्रिएको स्वर्णिमको सम्बन्धको असरः सभामा आएनन्, चुनावमा के गर्लान् ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः रास्वपाले दमौलीमा गरेको सभामा प्रधानमन्त्री उम्मेदवार बालेन शाहको पटक पटकको अनुपस्थितीलाई लिएर रास्वपाभित्र विभिन्न अड्कलबाजी गरिएको छ । दमौलीमा शुक्रबार आयोजना गरिएको सभामा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरे । जबकी त्यहाँ आफ्ना उम्मेदवार स्वर्णिम वाग्लेका पक्षमा मत जुटाउन बालेन शाह समेत आउने प्रचार गरिएको थियो ।


यस अघि समेत तनहुँको बाटो हुँदै गोर्खासम्म गएका बालेन तनहुँ र लमजुंगमा भने कुनै कार्यक्रममा सहभागी भएनन् ।
रास्वपाका बालेन पक्षीय एक केन्द्रीयका अनुसार विगतदेखि नै विभिन्न मुद्दामा भएको असहमतिका कारण बालेन चितवन, कास्की आदि आसपासका क्षेत्रमा पुग्दासमेत तनहुँमा आफ्ना उम्मेदवारका लागि मत माग्न रोड शोमा नगएका हुन्


‘उहाँहरुबीच केही विषयमा मतभेद छ,’ उनले भने, ‘यो त्यसैको असर हो । उहाँले तनहुँ र लमजुंगमा आफू नजाने सन्देश पठाइसक्नुभएको थियो ।’


श्रोतका अनुसार लमजुंगको टिकटमा बालेनले आफूनिकट केन्द्रीय सदस्यलाई दिलाउने तयारी गरेका थिए । तर, वाग्लेको अडानका कारण हुन सकेन । यसैगरी रास्वपाबाट प्रधानमन्त्रीको आकांक्षी बालेन सँगै वाग्लेको समेत सभापति रवि लामिछानेको मुद्दाका कारण नमिलेमा सोही पदमा भित्री आकांक्षा छ । यसैको असर उनी तनहुँबाट वाग्ले जितुन् भन्ने पक्षमा नरहेको ती केन्द्रीय सदस्य बताउँछन् ।


तनहुँमा उज्यालो नेपाल पार्टीले समेत वाग्लेका लागि गरिएको कार्यक्रममा कालो झण्डा देखाएको थियो । जसमा केही युवा घाइते समेत भए । बालेनसँगको बिग्रिएको सम्बन्ध र उनको अनुपस्थितीले वाग्लेलाई चुनावी यात्रा जटिल बनाएको विश्लेषण राजनीतिवृत्तमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी