कांग्रेस सच्चिएर आयो, मत दिनुपर्छ भन्ने स्थिती निर्माण गर्नुपर्छ : प्रदीप पौडेल

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस सच्चिएर प्रष्ट भएर आएको सन्देश दिनुपर्ने बताए । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले समग्र नेपाली तथा विदेशमा रहेका नेपालीहरुले समेत हेरिरहेको भन्दै महाधिवेशन प्रतिनिधिहरुले कांग्रेसको भविष्य कसरी बन्छ र देशलाई कसरी सुदृढ बनाउन सकिन्छ ? भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताए । ‘यो निर्वाचनमा कांग्रेसलाई मत दिनुपर्छ भन्ने स्थिती निर्माण गर्नुपर्छ, उनले भने । उल्लेख गरे ।

नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जिवन समर्पित गर्नुभयो । कसैले राज्यको पद प्राप्त गर्नु भएनहोला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नुभएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन । ’

विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको ३ महिनाभित्र नियमित महाधिवेशन गरेको भए अहिले विशेष महाधिवेशन हुने स्थिती नआउने भन्दै उनले भने,‘विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको बेला नियमित गर्न नेतृत्वले ध्यान दिएन । आफैं निष्क्रिय हुन्छ भन्ने दम्भले विशेष महाधिवेशन हुने अवस्था आएको हो ।’

केन्द्रीय सदस्य पौडेलले विशेष महाधिवेशन राजनीतिक दल मात्र नभएर सबै बेथितिबिरुद्धको अभियान भएको भन्दै दलबाहिरका मानिसले समेत लोकतन्त्र जोगाउन कांग्रेस बलियो हुनुपर्छ भनेको उल्लेख गरे ।

भाद्र २३ र २४ गतेको आन्दोलनले देश, दल र कांग्रेसलाई परिवर्तन गर्न भनेको उल्लेख गर्दे उनले भने,‘त्रुटी गरेका रहेछौं भन्ने स्वीकारेर सच्चिएर अघि बढ्नुपर्छ । लोकतन्त्र बलियो बनाउने र सुशासनमा सशक्त र प्रश्नरहित भएर आउ भनेको छ ।
‘नागरिकको अपेक्षाबमोजिमको कांग्रेस बनाउन हामी धेरै ठाउँमा चुकेका छौं । नेतृत्व रक्षाका निम्ति कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यका निम्ति नेतृत्व फेर्ने हाम्रो हातमा छ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी