दीपकराजले किन भेटे सेखर ?

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीका पुत्र दीपकराज जोशीले कांग्रेस नेता सेखर कोइरालालाई भेटेका छन् । राजनीतिक विश्लेषक र विचारक जोशीले कोइरालासँग कांग्रेसको रणनीति र आगामी राजनीतिक दिशाबारे कुराकानी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।


जोशीका अनुसार कोइराला निवासमा बुधबार भएको भेटमा काँग्रेसको वर्तमान चुनौती, पार्टी सुधारका आवश्यक पक्ष र दीर्घकालीन राष्ट्रिय हितको संरक्षणबारे आफ्नो विचार व्यक्त गरे। विशेषगरी, उनले काँग्रेस बाहिर रहेका पूर्व सदस्य र सक्रिय राजनीतिक नेतृत्वलाई पुनः समाहित गर्ने तरिकाबारे पनि छलफल भएको थियो ।

पछिल्लो समय कांग्रेस नेतृत्वले पूर्व सह महामन्त्री गोविन्दराज जोशी पक्षधरलाई तनहुँ कांग्रेस नेतृत्वको मुलधारमा फर्काउन कसरत गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।


व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका जोशी पछिल्लो समय विश्लेषकका रुपमा परिचित छन् । नेता सेखरसँगको भेटबाट आशावादी भएको छनक उनले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्