दमौलीः तनहुँका पत्रकार पवन पौडेल नेपाल युएस अलुम्नाइ नेटवर्क नुसानको कार्य समिति सदस्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट दमौली न्यूजका सम्पादक पौडेल निर्वाचित भएका हुन् । संस्थाको अध्यक्षमा स्वर्ण ताम्राकार निर्वाचित भएकी हुन् ।
सदस्य पदमा भएको निर्वाचनमा १७ जनाबीचको प्रतिष्पर्धाबाट पौडेलसहित ६ सदस्य निर्वाचित भए ।
कार्य समितिको उपाध्यक्षमा अग्निराज उपाध्याय अनिल, सचिवमा प्रतिज्ञा बस्याल तथा कोषाध्यक्षमा गार्गी नेपाल निर्वाचित भए ।

महासचिवमा भने यस अघि नै निकेश बलामी सर्वसम्मत भएका थिए ।
अमेरिकाबाट अध्ययन तथा विभिन्न कोर्ष अध्ययन गरेर स्वदेश फर्किएकाहरुको संस्थाले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।











