दमौली: तनहुँको देवघाटमा सम्पन्न देवघाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ। कालिका माविले उत्कृष्ट प्रदर्शन सहित पदक जित्न सफल भएको हो ।
देवघाट गाउँपालिकाको आयोजना तथा कालिका माध्यमिक विद्यालयको संयोजनमा सम्पन्न सो प्रतियोगितामा कालिका मा.विले विभिन्न खेलतर्फ ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पारी प्रथम भएको थियो। प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय द्वितीय र पार्वती माध्यमिक विद्यालय तृतीय हुन सफल भएका थिए।
विद्यालयस्तरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूको खेल प्रतिभा उजागर गरेको र विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धालाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ ।










