प्रहरीद्वारा बन्दीपुरबाट २ पेस्तोल बरामद

  • ख-
  • ख+

बन्दीपुरः तनहुँ प्रहरीले बन्दीपुर ६ ज्यामिरेस्वाँराबाट दुई पेस्तोल बरामद गरेको छ ।
स्थानीय अशोक गुरुङको घरबाट सुटकेसमा लुकाएर राखिएको पेस्तोलसँगै गोली तथा गैंडाको खागजस्तो देखिने वस्तुसँगै छालाजस्तै देखिने वस्तुहरु पनि बरामद भएको प्रहरीको भनाई छ ।


ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे र बन्दीपुर प्रहरी चौकीबाट गएको टोलीले सोमबार ती वस्तु बरामद गरेकामा मंगलबार घरधनी अशोकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए ।

अशोक र विरेन गुरुङले ‘हतियार देखाएर आतंकित गराएको’ सूचनापछि प्रहरी टोलीले छापा मार्दा ती वस्तु बरामद भएको उनले बताए । घटनामा थप अरुको संलग्ताका विषयमा पनि अनुसन्धान भैरहेको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी