
दमौलीः गण्डकी प्रदेशमा कोरोना संक्रमित ६ हजार कटेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेशमा ६ हजार ६७ जनामा संक्रमण देखिएको छ ।
अरु दिनका तुलनामा मंगलबार संक्रमण दर भने न्यून छ । सोमबार अत्यधिक संख्यामा दुई सय ३० भेटिए पनि मंगलबार भने दर घटेको देखिएको छ । हालसम्म एक सय सात जनामा संक्रमण भेटिएको छ ।