गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु, मृतक ५३ पुगे

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । पछिल्लो समय नवलपरासी बर्दघाट सुस्ता पूर्व तथा कास्कीका एक जना गरी दुई जनाको थप ज्यान गएसँगै मृतकको संख्या बढेको हो ।


मृत्यु हुनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८५ वर्षका वृद्धको चितवन मेडिकल कलेज तथा पोखरा महानगरपालिका ३ का ५६ वर्षिया महिला पनि छन् ।

उनीहरु दुवैको असोज ३० गते निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्