दमौलीःतनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सचिवमा अञ्जु दाहाल मनोनित भएकी छन् ।
हालै सम्पन्न १२ औं अधिवेशनबाट निर्वाचित कार्य समितिको पहिलो बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो ।
सञ्चारकर्मीसमेत रहेकी दाहाल यसअघि पनि एकाईसँग आवद्ध थिइन् ।
विभिन्न सामाजिक संस्थामा नेतृत्वमा रहेकी उनलाई एकाईलेसमेत महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ ।
एकाई सभापति शुकनारायण मल्लको सभापतित्वमा बसेको बैठकले सदस्यमा अशोक साह र सूर्य रसाइलीलाई समेत मनोनित गरेको छ ।