विदेश लैजाने भन्दै ५० लाख ठगेर फरार

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौँडा । विदेश पठाउने भन्दै युवा युवतीबाट झण्डै ५० लाख उठाएका शुक्लागण्डकी ११ का एक युवक बेपत्ता भएका छन् ।
स्थानीय १५ जनाबाट रकम उठाएका शुक्लागण्डकी ११ का मुकेश सापकोटा सम्पर्कमा नरहेको भन्दै पीडितले सञ्चारकर्मी गुहारेका छन् ।


सापकोटाले विदेश पठाउने प्रलोभन देखाएर पैसा उठाए पनि नपठाएपछि ठगिएको एक पीडित झापाका निर्मल तामाङले बताए ।


२७ वर्षका सापकोटाले जनही ५० हजार देखि १२ लाखसम्म संकलन गरेर विभिन्न देशमा पठाउने आश्वासन दिएका थिए । तर, नवलपरासी परिवारसहित सरेका उनी त्यताबाट भारत पुगेको बताइन्छ ।


प्रहरीमा जाहेरी दिए पनि हालसम्म सम्पर्कमा नआएका उनका ठगी बारेमा गुनासो आएको र केही दिनअघि देखिएको भए पनि हाल सम्पर्कमा नरहेको वडा अध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी