दमौलीः सहिद दिवसका दिन आयोजना हुँदै आइरहेको व्यास नगर अल्ट्रा म्याराथनलाई व्यास नगरपालिकाले यसपाली पनि निरन्तरता दिने भएको छ ।
व्यास ५ को पर्यटकीय स्थल मानुङकोटबाट शुरु भएर सहिदको गाउँ भनेर चिनिएको व्यास ८ पुलिमराङसम्म चल्ने प्रतियोगिताको सातौं संस्करण पनि सहिद दिवसकै दिन हुने नगरपालिकाले जानकारी दिएको छ ।
‘प्राकृतिक भूमि मानुङ र सहिदको भूमि पुलिमराङको पर्यटकीय प्रवद्र्धनका लागि प्रतियोगिता गर्न लागेका हौं,’ नगर प्रमुख बैकुण्ठ न्यौपानेले भने ।
प्रतियोगितामा पहिलो हुनेलाई ८५ हजार ८० रुपैयाँ, दोस्रोलाई ६५ हजार ८० तथा तेस्रोलाई ५५ हजार ८० नगद पुरस्कार तय गरिएको व्यास ९ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए । सान्त्वना हुने पाँचलाई भने जनही १६ हजार ८० प्रदान हुनेछ ।
४४ किलोमिटर दूरीको प्रतियोगितामा विगतदेखि नै बाक्लो जनसहभागीता रहँदै आएको छ ।
Photo: File