ऋषिङ म्याराथनमा आर्मीको कब्जा

दमौली न्युज
  • ख-
  • ख+

दमौलीःऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित तेस्रो ऋषिङ अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले शीर्ष उपाधि हात पारेका छन् ।


शुक्रबार भएको दौडमा ४२.२ किमी दूरी दुई घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गरेका गोविन्द कार्की पहिलो भए । यसैगरी आर्मीकै गोपाल तामाङ तीन घण्टा ४६ सेकेण्डमा दूरी पूरा गरेका आर्मीका गोपाल तामाङ दोस्रो भएका छन् ।


प्रतियोगितामा तेस्रो भएका आर्मीकै तिलक सुनुवारले तीन घण्टा तीन मिनेट १२ सेकेण्डमा दूरी पार गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।


प्रतियोगितामा पूरै दूरी पूरा गरेका करण राउत, काठमाडौं, मोहनदेव जोशी बैतडी, आर्मीका जुनेस खड्का र एपीएफका निरोज भट्टलाई सान्त्वना घोषणा गरियो ।


तीन वर्षयता गाउँपालिकाले गर्दै आएको प्रतियोगितामा विजेतामध्ये पहिलोलाई ६५ हजार, दोस्रोलाई ४० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।


५७ धावक सहभागी प्रतियोगितामा सान्त्वनालाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरणमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री राजेन्द्रकृष्ण श्रेष्ठ सहभागी थिए ।


गाउँपालिकाले खेलमार्फत पर्यटकीय प्रवद्र्धनका लागि प्रतियोगिता गर्दै आएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी