
दमौलीः संविधान दिवस २०८० को अवसरमा व्यास नगरपालिकाले मंगरबार नगरपालिकाको कार्यलय देखी दमौली बजार क्षेत्रमा सरसफाई गरिएको छ।
सरसफाईमा व्यास नगर प्रमुख,जिल्ला समन्वय , व्यास नगरपालिकाका वडा जनप्रतिनिधि, जिल्ला प्रशासन , जिल्ला प्रहरी नेपाल आर्मी ,सशस्त्र प्रहरी बल , राजनीतिक दलहरु , विभिन्न टोलका प्रतिनिधि, र सरसफाईका कर्मचारीहरुले दमौली बजारका विभिन्न स्थानमा सरसफाइ गरेका थिए ।